

धादिङ,०५ श्रावण।
धादिङको बेनिघाट रोराङ गाउँपालिका३ मलेखुमा ट्रकले मोटरसाईकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ।एक जना घाईते भएका छन्।
काठमाडौबाट मुग्लिङ तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८०२९ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०३७ प ७७३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक विरगञ्जका २५ वर्षिय कृष्ण श्रीवास्तवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
श्रीवास्तवको घटनास्थलमै मृत्यु भएको जैसवारले बताउनुभयो । यस्तै ठक्करबाट मोटरसाईकलमा सवार लमजुङकी २० वर्षिया अस्मीता पाठक घाईते भएको जैसवारले बताउनुभयो।
पाठकको मलेखु टिचिङ अस्पताल मलेखुमा उपचार भईरहेको छ। ठक्कर दिने ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिईएको जैसवारले बताउनुभयो।तस्विर:विकास रौनियार





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |