

धादिङ,०७ श्रावण।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं ६ पिप्ले अर्चलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँकी ७४ बर्षिया टिका देवी दाहाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बागमती कलमलाई जानकारी दिनुभयो।
दाहालको आज दिउँसो करिब १ बजेको समयमा आफ्नै घरको आगनमा रहेको फलामको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जैसवारले बताउनुभयो।
यस सम्बन्धमा अस्थायी प्रहरी पोष्ट बसेरी र जिल्ला प्रहरी कार्यालय धादिङबाट थप अनुसन्धान भइरहेको जैसवारले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |