

नागढुंगा–नौबिसे सुरुङ मार्गको एउटा टनेलको आज ‘ब्रेक थ्रू’ गरिने भएको छ।निमार्ण सुरु भएको झन्डै चार बर्ष पछि बहु प्रतिक्षित सुरुङ मार्गको ‘रेस्क्यु टनेल’ को आज ‘ब्रेक थ्रु’ गरिन लागिएको हो ।
अब ‘ब्रेक थु’ गर्नका लागि एक मिटर मात्र ‘रेस्क्यू टनेल’को काम बाँकि रहेको सो परियोजनाले जनाएको छ । २०७६ कात्तिक ४ गते शिलान्यास भई निर्माण थालिएको रेस्क्यू टनेलको सुरुङ निर्माणको काम सोमबारदेखि सकिन लागे पछि एक मिटर मात्रै बाँकी राखिएको हो । जो आज ‘ब्रेक थ्रु’ गरिने छ ।
सो ‘ब्रेक थु’ हुने भएपछि आज दिउँसो भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला नागढुंगा आयोजना स्थलमा पुग्दैछन । उनकाे उपस्थितिमा साे ‘ब्रेक थु’ गरिने छ ।
यसैगरी, २.५ किलोमिटर रहेको नागढुंगा-नौविसे सुरुङ मार्गको रेस्क्यू टनेलको आज ‘ब्रेक थु’ गरिएसँगै मुख्य टनेलको पनि चाँडै गरिनेछ । मुख्य टनेलकाे सुरूङकाे काम अब १८ प्रतिशत मात्र बाँकी रहेको छ ।
२.६ किलोमिटर लम्बाइ रहेको मुख्य टनेलको ५ सय ६ मिटर मात्र अब खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |