

धादिङ,२९ साउन।
उत्तरी धादिङको गंगाजमुना गाउँपालिका-१ रिगाउँमा जमिन धाँजा फाटेपछि ५० परिवार विस्थापित भएका छन्।
वस्ती माथिबाट जमिन भासिन थालेपछि रि गाउँबासीलाई नजिकैको विद्यालयको एक भवनमा राखिएको वडा नँ-१ का वडा अध्यक्ष बहादुरसिंह तामाङले बताए।
सोमबार बिहानबाट भासिन थालेको स्थान भन्दा तलका घरहरु खाली गर्न थालिएको तामाङले बताए।उक्त स्थानमा २०७२ को भूकम्पपछि भूगर्भ विदले समेत बस्न अयोग्य भनेको थियो।
तिन दिनदेखि लगातारको वर्षले गाउँनै पहिरो जानेगरि धाँजा पाटेकोले गाउँ नै असुरक्षित भएको स्थानीय प्रकाश तामाङले बताए।
बृद्धबृद्धा र बालबच्चालाई सुरक्षित स्थानतर्फ सारिएको र अन्नपात, लत्ताकपडा, अत्यावश्यक सामान, वस्तुभाउलाई सुरक्षित स्थानतर्फ सारिरहेको तामाङले जानकारी दिए ।धाँजा फाटेको क्षेत्रमा ६२ घर रहेको छ ।
पानी पर्न नरोकिएपछि कुनैपनि बेला पहिरो झर्न सक्ने जाखिम उच्च भएको भन्दै ४ सय विद्यार्थी अध्ययन गर्ने रिगाउँ मावि समेत बन्द गरिएको छ ।बिधालयको २ वटा भवनमध्ये २० कोठे नयाँ भवन पनि जोखिमा रहेको छ । २ वर्ष अघि निर्माण गरिएको खानेपानीको ट्याङकी पनि बगाउने जोखिम छ ।
स्थानीयले घाँसकाट्न जाने क्रममा धाँजा फाटेको देखेपछी गाउँमा खबर गरेको स्थानीय तामाङको भनाइ छ। गाउँमाथि ६० मिटरभन्दा धेर भाग ५/६ मिटरसम्म फराकिलो भएर फाटेपछि गाउँमा बस्न नसकिने अवस्थामा पुगेको छ।
मानिसहरुलाई सुरक्षित राखेर त्रिपाल र ओछ्याउने म्याट वितरण गरिने गाउँपालिका अध्यक्ष भक्त लामाले जानकारी दिए।तस्बिर:सिताराम अधिकारी





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |