

धादिङ,०२ भदौ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोलामा बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्।
तुलसीपुर दाङबाट काठमाडौं जाँँदै गरेको बाग्मती प्रदेश ०३–००१ ख २६७५ नम्बरको बस आज बिहान करिब ५ बजे अनियन्त्रित भई सडकको किनारामा पल्टिदा २६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।
दुर्घटनामा परी घाइते भएका पाँच जनालाई उपचारका लागि काठमाडौं पठाइएको र अन्य घाइतेको उपचार मलेखुस्थित राजमार्ग अस्पताल र नजिकका स्वास्थ्य संस्थामा भइरहेको जैसवारले बताए।
घाइते सल्यानको सबेश्वरी–३ का २४ वर्षीय राजेन्द्र पुन,उनका छोरा ६ वर्षीय आशीष केसी र सल्यानको बाघचौर नगरपालिका–१० का ५० वर्षीय मानबहादुर खड्का,रुकुम (पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष २८ को प्रेम पुन र दाङ दागीशरण न.पा.१ बस्ने बर्ष ८५ को शिबलाल बि.कको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।
घाईतेहरुको विवरणः
मलेखुस्थित टिचिङ अस्पतालमा उपचारार्थ घाईतेहरु :
१)जि.सल्यान सबेश्वरी गा.पा.३ बस्ने बर्ष २४ को राजेन्द्र पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर।
२)ऐ.ऐ.बस्ने निजको छोरा बर्ष ६ को आशिष के.सि.,टाउको/अनुहार÷बाया खुट्टामा चोट,अबस्था गम्भिर।
३) ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष ३२ कि रेखा के.सि.,टाउको÷अबुहार÷हातमा चोट,अबस्था मध्यम ।
४) जि.काभ्रे धुलिखेल न.पा.१० बस्ने बर्ष ५९ को नारायण धिमाल,टाउकोमा र कम्मरमा चोट,अबस्था मध्यम ।
५) ऐ.ऐ.बस्ने बर्ष ५० कि रेखा वली धिमाल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
६) जि.दाङ बबैई गा.पा.५ बस्ने बर्ष २३ को प्रदिप श्रीस,दाहिने हात÷कुम्मा चोट,अबस्था मध्यम ।
७) ऐ.ऐ.बस्ने निजको श्रीमती बर्ष २२ कि मञ्जु श्रीस,निधारमा चोट,अबस्था मध्यम ।
८)जि.दाङ तुल्सिपुर न.प..७ बस्ने बर्ष ३३ को बिजय के.सि,टाउको र दाहिने हातमा चोट,अबस्था मध्यम।
९) जि.रुकुम (पुर्बी) सिस्ने गा.पा.८ बस्ने बर्ष ३१ को योगेश बुढा,हात÷खुट्टामा चोट,अबस्था मध्यम ।
मलेखुकै राजमार्ग अस्पतालमा उपचारार्थ घाईतेहरुः
१०) जि.सल्यान.बाघचौर न.पा.१० बस्ने बर्ष ५० को मान बहादुर खड्का,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर ।
११) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष २८ को प्रेम पुन,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।
१२) जि.दाङ दागीशरण न.पा.१ बस्ने बर्ष ८५ को शिबलाल बि.क.,शरीरको बिभिन्न भागमा चोट,अबस्था गम्भिर,काठमाण्डौ रिफर ।
१३) ऐ.ऐ.बस्ने बर्ष २८ को खडक बि.क,दाहिने हात÷खुट्टामा चोट,अबस्था मध्यम ।
१४) जि.सल्याण बाघचौर न.पा.९ बस्ने बर्ष ४८ को धन बहादुर वली,शरीरको बिभिन्न भागमा चोट,अबस्था मध्यम ।
१५) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३२ को प्रबिण वली,शरीरको बिभिन्न भागमा डचोट,अबस्था मध्यम ।
१६) ऐ.ऐ.१३ बस्ने बर्ष २८ को सचिन बिष्ट,टाउको÷हात÷खुट्टामा चोट,अबस्था मध्यम ।
१७) जि.दाङ भालुबाङ गा.पा.१ बस्ने बर्ष ३८ कि सलमा खातुन,टाउको÷हातमा चोट,अबस्था मध्यम ।
१८) ऐ.ऐ.बस्ने बर्ष ३८ को मोहमद हुसेन,ढाडमा चोट,अबस्था मध्यम ।
१९) जि.दाङ तुल्सिपुर उ.म.न.पा.५ बस्ने बर्ष ३० को मनोज खड्का, खुट्टा÷हात÷टाउकोमा चोट,अबस्था मध्यम ।
२०)जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१४ बस्ने बर्ष ३० को बिरेन्द्र के.सि.,टाउको र दुबै हातमा चोट,अबस्था मध्यम ।
घटना स्थलबाट उपचारार्थ काठमाण्डौ पठाईएका घाईतेहरुः
२१)जि.दाङ तुल्सिपुर उ.म.न.पा.४ बस्ने बर्ष २६ को बिमल चौधरी,ढाड÷अनुहार÷टाउकोमा चोट,अबस्था मध्यम ।
२२) ऐ.लमही न.पा.५ बस्ने बर्ष ३० को गोपाल मल्ल,टाउको र ढाडमा चोट,अबस्था मध्यम ।
२३) ऐ.ऐ.बस्ने बर्ष ४६ कि बुद्धि माला के.सि.,ढाडमा चोट,अबस्था मध्यम ।
२४) ऐ.ऐ.बस्ने बर्ष ५४ को खुम प्रसाद खत्री,मुख र ढाडमा चोट,अबस्था मध्यम ।
२५) ऐ.ऐ.घोराही न.पा.१३ बस्ने बर्ष ४३ कि पद्मा गिरी,टाउको र हातमा चोट,अबस्था मध्यम ।
२६) जि.रुकुम (पश्चिम) चौरजारी न.पा.१० बस्ने बर्ष ३० को यज्ञ बहादुर वली,टाउको र हातमा चोट,अबस्था मध्यम ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |