

धादिङ,१५ भदौ।
बुढीगण्डकी नदीले बगाउँदा धादिङका एक शिक्षक बेपत्ता भएका छन्।
शुक्रबार बुढीगण्डकीमा नुहाउने क्रममा नीलकण्ठ नगरपालिका–१३ का वासु तिमिल्सिना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी गौतम मिश्रले जानकारी दिनुभयो।
तिमिल्सिना त्रिपुरासुन्दरी गाउँपालिकामा अवस्थित धार्मिक स्थल नरसिंह धाम दर्शनका लागि तीनजना साथीसहित पुगेका थिए। साथीहरूसँगै पौडी खेल्दै भिडियो बनाउने क्रममा गहिरो स्थानमा पुग्दा बेपत्ता भएको एसपी मिश्रले बताउनुभयो।
तिमल्सिनालाई प्रहरी,मन्दिर समितिका सदस्य तथा स्थानीयवासीहरुले स्थानीय स्तरमा उपलब्ध स्रोत साधनको प्रयोग गरी खोजीकार्य गरिहेका छन्।
नदीमा पानीको बहाव निकै भएकाले खोजी गर्न कठिनाई भईरहेको स्थानीयले जानकारी दिएका छन्।अहिले खोजीकार्यका लागि सशस्त्र प्रहरीको गोताखोर टोली घटनास्थलतर्फ जाँदै गरेको एसपी मिश्रले बताउनुभयो।
तिमिल्सीना नीलकण्ठ नगरपालिका १३ कै पञ्चकन्या माध्यमिक विद्यालयका शिक्षक हुन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |