

हेटौँडा,१६ भदौ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले हेटौँडा–काठमाडौँ सडक पुसभित्र निर्माण सम्पन्न हुने बताउनुभएको छ।
प्रदेश राजधानी र सङ्घीय राजधानी जोड्ने हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ सडकको निर्माण चार महिनाभित्र पूरा हुने दाबी गर्नुभयो।
मुख्यमन्त्री जम्मकट्टेलले निर्माणमा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताउनुभयो । उहाँले समयमा नै काम सम्पन्न गराउनका लागि सम्बन्धित मन्त्रालयका मन्त्रीसँग कार्यसम्पादन करार सम्झौता गरिसकिएको बताउनुभयो ।
प्रदेश राजधानी र सङ्घीय राजधानी काठमाडौँसम्म जोड्ने छोटो मार्गका रुपमा रहेको यस सडकखण्ड पहिरोको उच्च जोखिममा छ । जसका कारण सामान्य वर्षामा समेत पहिरोका कारण पटक–पटक सडक अबरुद्ध हुँदै आएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |