

धादिङ । राष्ट्रिय महिला आयोगका सदस्य लिलि थापाले एकल महिलाहरु अन्यायमा परेको बताउनुभएको छ।
मानवअधिकारका लागि महिलाःएकल महिलाको २९औँ केन्द्रीय साधारणसभाको अवसरमा धादिङबेसीमा आयोजित पत्रकार सम्मेलन तथा साधारणसभा उद्घाटन गर्दै थापाले सो कुरा बताउनुभएको हो।
सरकारले एकल महिला सुरक्षा कोष खडा गरी चारवर्ष अघिदेखी एकल महिलाका लागि एम्बुलेन्स, उपचार खर्च, न्यायिक प्रक्रियामा सहयोग गर्न सघाउन ल्याइएको निति तथा बजेट कार्यान्वयन नगर्दा एकल महिलाहरु अन्यायमा परेको उहाँले बताउनुभयो ।
थापाले एकल महिलाका सवालमा सरकारले काम नगरेको आरोप लगाउँदै राज्यले मानवअधिकारको हनन् गरेको बताउनुभयो।चारवर्षदेखि सरकारले एकल महिला सुरक्षा कोषका लागि लागि विनियोजन गरेको ८ करोड रुपैयाँ खर्च गर्न कोष संचालन सम्बन्धी निति र विधि नबनाएपछि थन्किएर बसेकोले राष्ट्रिय मानवअधिकार आयोगले हालै पत्राचार गरि विधि बनाउन महिला मन्त्रालयलाई आग्रह गरेको उहाँको भनाई छ ।
देशभरका ७० भन्दा बढी जिल्लाबाट सहभागी एकल महिला अगुवाहरुको भेलाले एकल महिला अधिकारका लागि धादिङ घोषणापत्र जारी गर्ने बताउँदै उहाँले सरकारसँग एकल महिलाका लागि शिक्षा, स्वास्थ्य र यातायातमा सहुलियत र छुटका लागि ऐन बनाएर व्यवस्था गर्नुपर्ने माग राख्ने पनि बताउनुभयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै बागमती प्रदेश सांसद मायादेवी शर्माले एकल महिलाहरुको हकहितका आफु सदैव लागिरहने बताउनुभयो।
मानवअधिकारका लागि महिलाःएकल महिला समुह धादिङकी अध्यक्ष कल्पना अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा थापाको प्रमुख आतिथ्यता तथा मानवअधिकारका लागि महिलाःएकल महिला समुहकी अध्यक्ष कविता पाडे,पूर्वअध्यक्षहरु चन्द्रिका भट्टराई, निर्मला ढुङ्गाना, बागमती प्रदेश सभा सदस्य एवम् धादिङ संस्थापक अध्यक्ष मायादेवी शर्मा लगाएतको आतिथ्यता थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |