


























बझाङमा गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
भूकम्पका कारण खसेको पहिरोमा परि बेपत्ता एक महिलाको शव भेटिएको छ । टिमुर टिप्न हिजो दिउँसो गाउँनजिकैको जङ्गलमा गएकी जयपृथ्वी नगरपालिका–११ ओखल गाउँकी ४५ वर्षकी गुनदेवी धामीको शव भेटिएको हो ।
पहिरोमा च्यापिएको अवस्थामा रहेको शव निकाल्न जिल्ला प्रहरी कार्यालयबाट इन्स्पेक्टर दीपेश चौधरीको नेतृत्वमा टोली खटिएको छ ।
भूकम्पले सदरमुकाम चैनपुरसहित आसपास गाउँका केही घर, विद्यालय र वडा कार्यालय गरी अहिलेसम्म एक सय ६० भन्दा धेरै भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ।
भूकम्पपछि गएको सुक्खा पहिरोका कारण अवरुद्ध जयपृथ्वी राजमार्ग अहिलेसम्म खुल्न सकेको छैन । जयपृथ्वीको माल्लालाग्ना भिर र छविस पाथीभेराको जालेबगरलगायतका ठाउँमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको हो । निरन्तर पराकम्प आइरहेकाले राजमार्ग खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताउनुभयो ।
सदरमुकाम चैनपुर आसपास केन्द्रबिन्दु बनाएर हिजो दिउँसो ३ बजेर ६ मिनेटमा ६ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पको धक्का बझाङका साथै बाजुरा, डोटी, बैतडी र भारतको दिल्लीसम्म महसुस गरिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |