

धादिङ – ट्रकको ठक्करबाट बालकको ज्यान गएपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ।
दुर्घटनापछि सडक अवरुद्ध गर्ने विद्यार्थी, स्थानीय तथा मृतकका आफन्त र प्रहरीबीच छलफल गरी राजमार्ग सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो।
जैसवारका अनुसार विद्यालयले विद्यार्थीका लागि बसको व्यवस्था गर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउने सहमतिमा राजमार्ग सञ्चालन गरिएको हो। अहिले राजमार्गमा गाडी आवतजावत भइरहेको छ।
आज बिहान धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ फुर्केखोलामा काठमाडौंबाट रौतहट जाँदै गरेको प्रदेश ०२–००१ ख ६४१३ नम्बरको बाह्रचक्के ट्रकको ठक्करबाट दुई जना विद्यार्थीको ज्यान गएपछि क्षतिपूर्तिको माग राख्दै विद्यार्थी, आफन्त तथा स्थानीयले राजमार्ग अवरूद्ध गरी प्रदर्शन गरेका थिए।
प्रदर्शनका कारण २ घन्टापछि सवारी आवागमन दुईतर्फी नै सञ्चालनमा आएको हो।
ट्रकको ठक्करबाट वेनिघाट रोराङ गाउँपालिका-३ रिचोकटारमा रहेको वागेश्वरी माविमा कक्षा ८ मा अध्ययनरत सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का १४ वर्षीय निर्मल श्रेष्ठ र १५ वर्षीय सञ्जीव श्रेष्ठको ज्यान गएको छ।
मृतक बालकहरुको शव पोष्टमार्टमका लागि गजुरी अस्पतालमा छ ।ट्रकका चालक रौतहटको चन्द्रपुर नगरपालिका २ का ४१ वर्षीय अशोक बमजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तस्विर:रामहरी थापा





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |