


























दशैँका लागि अग्रिम टिकट बुकिङ यही असोज २२ गते सोमवारदेखि खुल्ने भएको छ । सार्वजनिक गाडीमा असोज २२ गतेदेखि दशैँको अग्रिम टिकट बुकिङ खोल्ने यातायात व्यवस्था विभागले निर्णय गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज शुक्रवार भएको छलफलमा अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताउनुभयो । पुरानै भाडा दर कायम गरेर अग्रिम टिकट बुकिङ खुल्ने भएको हो ।
अघिल्ला वर्षमा दशैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलाे भएको हो । दशैँका लागि काठमाण्डाै उपत्यकाबाट झन्डै २० लाख मानिस बाहिरिने अनुमान रहेको विभागले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |