

धादिङ–धादिङ प्रहरीले चाडपर्वलाई लक्षित गरी जिल्लाका बिभिन्न स्थानमा नागरिक सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरेको छ।
दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै सदरमुकाम धादिङबेशी सहित छ स्थानमा हेल्प डेस्क स्थापना गरिएको हो।आज शनिबार धादिङबेशीमा एक कार्यक्रमका बिच प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले हेल्प डेस्कको स्थापना गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ गैह्रेले हेल्प डेस्कलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । यसले धेरै यात्रुहरूलाई सहज हुने विश्वास व्यक्त गर्नुभयोे ।
बडादशै‚ दिपावली तथा छठ पर्वमा हुने यात्रुको चाप,सवारी साधन चाप बढ्दै जाने हुँदा बजार क्षेत्रका टिकट काउन्टरमा हुने भिडभाड‚ बढी भाडा लिने‚ यात्रु ठगिने कार्यलाई नियन्त्रण गर्न र नागरिकको पिरमर्काको तत्काल सुनुवाई गरी समस्या समाधान गर्ने उद्धेश्यले यात्रु सहायता कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक (एसपी) गौतम मिश्रले बताउनुभयो।
हेल्प डेस्क धादिङबेशीस्थित पुछारबजार पुलिस बिट, जोगिमारा, गजुरी,गल्छी, महादेवबेशी र खानिखोला स्थापना गरिएको छ ।
कसलाई केही समस्या परेमा ०१०–५२०१९९/१००, ९८५१२८३४८०, ०१०–४०२१९६ र ९८५१२८२६६४ नम्बर सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय,जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरी र ट्राफिक प्रहरी कार्यालय धादिङबेशीले अनुरोध गरेको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |