

धादिङ-धादिङ प्रहरीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना बनाएको छ।
चाडपर्वको समयमा हुने अपराधिक गतिविधिहरूलाई न्यूनीकरण एवं नियन्त्रण गर्ने अभिप्रायले विशेष सुरक्षा योजना बनाईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले बताउनुभयो ।
प्रहरीले शनिबारदेखी जिल्लाको विभिन्न स्थानमा यात्रु सहायता कक्ष शुरु गरेको छ । यात्रुको गुनासो सुन्न र यात्रुलाई यात्रा सहज बनाउने उद्देश्यले धादिङबेशी सहित विभिन्न ६ ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ।समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले समस्या पर्दा प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्षा हो ।
यात्रा गरिरहदा चोरी भएमा, सवारी साधनले वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पु¥याउन सवारीले ढिलाइ गरेमा जस्ता समस्या समाधान गर्न यात्रु सहायता कक्षले सहयोग पु¥याउने प्रहरी उपरिक्षक मिश्रले बताउनुभयो।
जिल्लामा भएको जनशक्ति बाहेक प्रदेश प्रहरी कार्यालयबाट थप ६५ जना जनशक्ति थपेर यात्रु सहायता कक्ष लगायत अन्य विभिन्न क्षेत्रमा परिचालन गरिने उहाँको भनाई छ ।
यसैगरी प्रहरीले दशैँ तिहारलाई लक्षित गरी धादिङमा पहिलो पटक सेफ्टी पिन अभियान शुरु गरेको छ।
सार्वजनिक सवारीसाधनमा महिला तथा बालबालिकामाथि हुन सक्ने यौनजन्य दुव्र्यवहार, लुटपाट, चालक सहचालक तथा अन्य व्यक्तिको अवाञ्छित गतिविधि विरुद्धको विशेष अभियान नै सेफ्टी पिन अभियान हो ।
यस्ता गतिविधि नियन्त्रण गर्न र संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कारवाही गर्नका लागि यो अभियान संचालन गरिएको प्रहरी उपरिक्षक मिश्रले बताउनुभयो । अभियान अन्तर्गत सादा पोशाकका प्रहरी खटाउन शुरु गरिएको छ ।
उहाँले भन्नुभयो,‘सेफ्टी पिनमा खटिने कर्मचारी सुरक्षाको निकायका कर्मचारी भन्ने अन्यलाई थाहा नहुने गरी सामान्य प्यासेन्जर जस्तै बसमा चढ्छन्,च्ढिसकेपछी बस भित्र हुने अवाञ्छित गतिविधि मोनिटरिङ गर्छन र एसएमएस मार्फत नजिकै प्रहरी युनिटलाई खबर गरी चेकजाँच गरेर अवाञ्छित गतिविधि गर्नेलाई कानुनी दायरामा ल्याउछन्।’





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |