

धादिङ-पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारमा बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारका ३३ वर्षीय राजेश गिरि रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो।
दुर्घटनामा परि घाइते भएका गिरिको काठमाडौंस्थित बिएन्डबी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएको मिश्रले बताउनुभयो।
बुधबार काठमाडौंबाट बर्दियातर्फ जादै गरेको भे १ ख ४०४९ नम्बरको बस र विपरित दिशाबाट आउदै गरेको बाग्मती प्रदेश ०२–०४० प ५०८० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |