

धादिङ । मानव अधिकार संगठन धादिङले नागरिकहरुलाई सू–सुचित गराउन महत्वपुर्ण भुमिका खेल्ने जिल्लाका चार जनालाई सम्मान गरेको छ।
बुधबार धादिङबेशी संगठनद्धारा आयोजित नेपालको संविधान र मानव अधिकार विषयक अन्तरक्रिया तथा शुभकामना कार्यक्रममा डा.कृष्णमान शाक्य, नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सचिव कृष्ण लाल श्रेष्ठ, धादिङ सोसियल भोलेन्टियरका अध्यक्ष भेषराज ठकुरी र रेडियो धादिङकी सुशिला विश्वकर्मालाई संगठनले सम्मान गरेको हो ।
आ–आफ्नो कार्यक्षेत्रमा रहेर आम नागरिकहरुलाई सु–सुचित गराउन महत्वपूर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको संगठनले जनाएको छ ।
कार्यक्रमका प्रदेश सांसद गोविन्द लम्सालले जसको पहुँच छ उसैको मात्रै कुरा सुन्ने अवस्था रहेको हुनाले मानव अधिकारकर्मी हरुले वास्तविक समस्यामा परेका नागरिकहरुको आवाजलाई महत्व दिनुपर्ने बताउनुभयो।
यस्तै जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्माले संविधानमा उल्लेख भएका अधिकारहरु नागरिकले अझै सहज रुपमा पाउन नसकेको बताउनुभयो ।
नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले संविधानका तोकिएको निशुल्क शिक्षा अझै पनि कार्यान्वयनमा नआउदा धेरै बालबालिकाहरु पढाईबाट वञ्चित हुन परेको भन्दै नगरपालिकाले त्यसलाई मध्यनजर गर्दै शिक्षा क्षेत्रमा केही सुधार ल्याउएको बताउनुभयो ।
पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले यसैगरी संचारकर्मी र मानवअधिकारकर्मी एउटै सिक्को दुई पाङग्रा जस्तै रहेको बताउनुभयो ।उहाँले कुनै राजनितिक आग्रह पूर्वाग्रह नराखी निस्वार्थ रुपमा मानव अधिकारको क्षेत्रमा काम गर्न पनि सुझाव पनि दिनुभयो ।
नेपाल मानव अधिकार संगठन जिल्ला शाखा धादिङका सभापति कृष्णराज अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद लम्सालको प्रमुख आतिथ्यता रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |