

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका–५ को खरी केन्द्रबिन्दु भएर गएको भूकम्पले खरी कुमालटारीमा २० वटा घर भत्किएका छन् ।७५ वटा घर चर्किएका छन् ।
आज बिहान ७ बजेर ३९ मिनेटमा गएको ६ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो।भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको स्थानीय राजेश अधिकारीले बागमती कलमलाई बताउनुभयो । चर्किएको घरहरु विवरण संकलन भईरहेको छ।
हालसम्म कुनै मानवीय र चौपाया क्षति नभएको जानकारी प्राप्त भएको छ।तर ठाउँठाउँमा पहिरो खसेको छ खरीको सिम्ले आसपासमा सुख्खा पहिरो खसेको र बूढीगण्डकीको तटीय क्षेत्रमा ठाउँठाउँमा जमिनमा चिरा परेको स्थानीय जीवन सिम्खडाले बताउनुभयो।
भूकम्प गएपछि बिहान त्यस क्षेत्रमा केहीबेर विद्युत् आपूर्ति बन्द भएको थियो । भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई घर बाहिरै सुरक्षित बस्न भनिएको छ ।
पहिलो भूकम्प गएको केही बेरबाटै पटकपटक परकम्प गएको थियो । बिहान ८.०८ बजे ४.२ म्याग्निच्यूडको, ८ बजेर २८ मिनेटमा ४.३ र ८:५९ मा ४.१ म्याग्निच्यूडको परकम्प गएको वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले बताउनुभयो। लगातारजसो परकम्प आइरहेकाले सचेत हुन आग्रह गर्नुभएको छ।
बिहान भूकम्प गएपछि धादिङका धेरै ठाउँका बासिन्दा घर बाहिर निस्किएका थिए ।भूकम्पको धक्का काठमाण्डौ उपत्यका आसपासका क्षेत्रमा समेत महसुस भएको थियो ।
भूकम्प गएको क्षेत्र गोरखासँग सीमा जोडिएको क्षेत्र हो । तस्विर:राजेश अधिकारी,ज्वालामुखी(खरी)





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |