

धादिङ। नीलकण्ठ नगरपालिकाको प्रशासकीय भवनको शिलान्यास गरिएको छ।शुक्रबार नगर प्रमुख भीम प्रसाद ढुंगानाले भवनको शिलान्यास गर्नुभएको हो।
चार हजार ५२३ स्क्वायरफिटमा बन्न लागेको भवनको कुल लागत रु १८ करोड ५६ लाख ७१ हजार १ सय ७१ रुपैयाँ रहेको नगरपालिकाले जनाएको छ।
भुमिगत पार्किङ सहित निर्माण हुने भवनमा एक पटकमा ९ जना चढ्न मिल्ने लिफ्ट जडान गरीने, भुई तलामा लेखा शाखा,स्वास्थ्य शाखा र प्राविधिक शाखा रहने, पहिलो तल्लामा प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष,शिक्षा शाखा र मेयरको कार्य कक्ष रहने नगरपालिकाले जनाएको छ ।
यस्तै दोस्रो तलामा उप मेयरको कक्ष र न्यायीक हल रहनेछ भने तेस्रो तलामा सेमिनार हल रहने र चौथो तलामा आवासको व्यवस्था हुने जनाएको छ ।
गएको कार्तिक २१ गते सम्झौता भएको उक्त भवन वि.स.२०८३ बैशाख २० गते (३० महिना)सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण कम्पनीले जानकारी दिएको छ।
नगर प्रमुख ढुंगानाले भवन निर्माणको काम तोकिएकै समयमा सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको छ ।
भवन शिलान्यास कार्यक्रममा नगरपालिकाका उप प्रमुख दिपक विश्वकर्मा,सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, प्रहरी प्रमुख गौतम मिश्र,नेपाली काँग्रेसका पुर्व सभापति रमेश धमला लगायतको उपस्थिती थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |