

भाेलिदेखि काठमाण्डौ उपत्यकामा मेलम्चीको पानी वितरण हुने भएको छ।
भाेलि सिंहदरबारमा एक कार्यक्रमकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मेलम्चीको पानी पुनर्वितरणको शुभारम्भ गर्नुहुने भएको छ।
मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलबाट यही पुस २५ गते हेडवर्क्समा पानी पठाइएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जक्की अहम्मद अन्सारीले बताउनुभयो।
पानी सुन्दरीजल आइसकेको र सुन्दरीजल प्रशोधन केन्द्रबाट काठमाण्डौमा रहेका विभिन्न भण्डार केन्द्रका लागि पानी छोडिने अन्सारीले बताउनु भयाे।
शुरुमा काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड, केयूकेएललाई पाँच करोड लिटर पानी उपलब्ध गराइने छ । भाेलि पहिलो दिन अनामनगर र मीनभवन वितरण केन्द्रबाट पानी वितरण गरिने आयोजनाले जनाएको छ।
पानीको उपलब्धतासँगै वितरणको क्षमतालाई बढाइ क्रमश: खुमलटार, महाङ्काल चौर, कीर्तिपुर, बोडे, कटुञ्जे, बालाजु, बाँसबारी वितरण केन्द्रबाट पानी वितरण गरिने छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |