


























पालिकाहरुमा कर्मचारी व्यवस्थापन गर्न नसक्दा लामो समयदेखि निमित्तकै भरमा पालिका सञ्चालनमा रहेको छ।
देशभरका ७ सय ५३ पालिकामध्ये १ सय ९० वटामा प्रमुख प्रशासकीय अधिकृतको पद रिक्त छ ।पद रिक्त हुँदा पालिकाको प्रशासकीय सेवा प्रभावित भएको छ ।
८० वटा गाउँपालिका र १ सय १० वटा नगरपालिका गरी १ सय ९० वटा पालिकामा प्रमुख प्रशासकीय अधिकृतको पद खाली रहेको गाउँपालिका राष्ट्रिय महासङ्घका कार्यकारी निर्देशक राजेन्द्र प्याकुरेलले बताउनुभयो ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत सङ्घीय सरकारले पठाउने व्यवस्था रहेको भएपनि केन्द्र वा प्रदेश सरकारबाट पठाउने भन्नेमा नै विवाद रहेको प्याकुरेलले उल्लेख गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत नभएका पालिकामा निमित्तबाट काम भइरहेको बताउनुभयो।
कतिपय पालिकामा सङ्घीय सरकारले पठाएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्न नदिने र आफूले रोजेको अधिकृत पाउनुपर्ने माग गर्दा पनि समस्या भएको उहाँको भनाइ छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |