

धादिङ । धादिङमा आफैले चलाएको विधुतीय आरोले काटेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा नीलकण्ठ नगरपालिका–८ साँघुटारका ३८ वर्षिय राजकुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।
अमरावती सामुदायीक बन गोडमेल गर्ने क्रममा दाउरा काट्न प्रयोग गरिएको विधुतीय आरो आफ्नै ज्यानमा रेटिदा घाईते भएका श्रेष्ठको धादिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जैसवारले बताउनुभयो।
रुख काट्दा आफैले चलाएको आरो उछिट्टिएर आँफैतिर लागेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।आराले मृतक श्रेष्ठको पेट र छातीको बायाँभागमा काटिएको थियो ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |