

धादिङ ।पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ हिलटप मोडमा बस र ट्रक एकापसमा ठोक्किँदा २० जना भन्दा बढि घाईते भएका छन्।
काठमाडौबाट चितवन तर्फ जादै गरेको बा५ख ५०७१ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको लु२ख ५२६८ नम्बरको ट्रक हिलटप मोडमा आज विहान करिब १०ः२० बजे एकापसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी(डिएसपी) सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो।
घाइतेहरुको मलेखुको राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको जैसवारले बताउनुभयो ।बसका चालक सहित ३ जना गम्भिर घाईते रहेका छन्।
घाईतेहरुको विवरण भने आउन बाँकी रहेको छ ।
बसमा काठमाडौँस्थित कलकींबाट चितवन देवघाट हिँडेका ३० जना तिर्थयात्री रहेको खुलेको छ । दुर्घटनापछि पृथ्वी राजमार्ग एकतर्फी सुचारु रहेको डिएसपी जैसवारले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |