


























तनहुँमा बोलेरो दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छभने १६ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास नगरपालिका-९ गजौडी १७ वर्षीया तुलसी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
मिर्लुङबाट छापस्वारातर्फ जन्ती लिएर जाँदै गरको बा१८च ५९२१ नम्बरको बोलेरो आबुखैरेनी गाउँपालिका-१ थिराउनचौरस्थित बरादी हिलेखर्क भित्री सडकखण्डमा सोमबार बिहान राति साढे १२ बजे दुर्घटनामा परेको हो।
बोलेरो अनियन्त्रित भएर सडकबाट करिब ५०० मिटर तल खसेको तनहुँ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले बताउनुभयो।
दुर्घटनामा आशवीरको घटनास्थलमै मृत्यु भएको थियो। तुलसीको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा ३:४० बजे मृत्यु भएको खाणले बताउनुभयो।
दुर्घटनामा चालकसहित १६ जना घाइते छन्। घाइते हुनेमा आबुखैरेनी गाउँपालाक-६ की १५ वर्षीया सुविना गुरुङ, ६७ वर्षीया मनबहादुर गुरुङ, ३८ वर्षीया सुकमाया गुरुङ, ६ वर्षीया एलिसा गुरुङ, १९ वर्षीया सविता गुरुङ र बन्दीपुर गाउँपालिका-३ सुखौराका १० वर्षीय शिशिर गुरुङ रहेका छन्। उनीहरूको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ।
चालक आबुखैरेनी-१ गिराउनचौरका ३८ वर्षीय राजकुमार विश्वकर्मा, आबुखैरेनी-६ का ५६ वर्षीय सोमलाल गुरुङ, ७० वर्षीय भक्कुलाल गुरुङ, ५६ वर्षीय शेरबहादुर गुरुङ, ३६ वर्षीया आशमाया गुरुङ, १० वर्षीया दीक्षा गुरुङ, ५२ वर्षीय सेते गुरुङ, ३७ वर्षीया सुनिता गुरुङ र १८ महिने बालक सुसान गुरुङ रहेका छन्।
उनीहरूको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको खाणले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |