

धादिङ । नागढुङ्गा सुरुङ आयोजनाबाट प्रभावित स्थानीयहरुको अवरोधका कारण आयोजनाको सबै काम ठप्प रहेको छ।
स्थानियहरूले सुरूङमार्ग प्रभावित क्षेत्र घोषणा गर्नुपर्ने माग राखेका कारण फागुन ६ गतेदेखि आयोजनाको सबै काम ठप्प रहेको आयोजनाका उपनिर्देशक गोविन्द डुमरूले जानकारी दिनुभयो ।
अबरोधका कारण सुरूङ छिचोलिने मिति धकेलिएको छ ।
आयोजनाले मुख्य सुरूङ छिचोल्ने मिति हिजो बुधबार तोकेको थियो । स्थानीयको अवरोधका कारण सबै काम ठप्प हुँदा सुरूङ छिचोल्न नसकिएको डुमरूले बताउनुभयो ।
आयोजनाले सुरूङमार्ग माथिका घरहरू अधिग्रहण गर्ने र मुआब्जा दिने योजना नबनाएको तर सुरूङ खन्ने क्रममा केही ठाउँमा भासिएको र आफ्नो घरजग्गामा बस्न योग्य नभएको भन्दै स्थानीयले सुरूङमार्ग माथिका घरहरूको पनि मुआब्जा माग गरिरहेका छन् ।आयोजनाका कारण खानेपानीका स्रोत सुकेकाले अब आयोजनाले सधैँका लागि खानेपानीको स्रोत व्यवस्था गरिदिनुपर्ने माग स्थानीयको माग छ ।
धादिङको सिस्नेखोलादेखि काठमाडौं सतुङ्गल जोड्ने निर्माणाधीन आयोजनाको मुख्य सुरूङ खन्न अब १४ मिटर खन्न बाँकी छ।
एउटा मुख्य र अर्को उद्धार (रेस्क्यु) गरी दुइटा सुरूङ रहने यस आयोजनाको रेस्क्यु सुरूङ भने छिचोलिइसकेको डुमरूले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |