

धादिङ । नीलकण्ठ नगरपालिका–४ अल्छिडाँडामा विद्युत सर्ट हुँदा एक घरमा आगलागी भएको छ।
शनिवार राती अल्छिडाँडाका रणबहादुर श्रेष्ठको घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।
आगलागीमा ७ लाख बराबरको क्षति भएको उहाँको भनाइ छ।
आगलागीबाट घरमा भएका सामानहरु जलेर नष्ट भएका छन् । टिभि, लत्ताकपडा, सिरक डस्ना, झ्याल, ढोका, सुट्केश, टेवल, कागजपत्र लगायत सामानहरु जलेको उद्धारका लागि पुगेका दिपक अधिकारीले बताउनुभयो। घरमा भएका सामानहरु जलेका छन् ।
स्थानीय र धादिङ सोसियल भोलेन्टिएरको टोलीले आगो नियन्त्रणमा लिइएको अधिकारीले बताउनुभयो।
राती बत्ती आउनेजाने भइ रहेको र हाइभोल्टेजका कारण आगो लागेको हुनसक्ने रणबहादुर श्रेष्ठको भनाइ छ।तस्वीर:अर्जुन श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |