

धादिङका एक युवकको पोर्चुगलमा समुद्रमा डुबेर मृत्यु भएको छ भने अर्का एक युवक बेपत्ता भएका छन्।
मोन्तिजोस्थित समुद्रमा शनिबार राति सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका-५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर मृत्यु भएको छ।
यस्तै सोही स्थानका ३८ वर्षीय टेकबहादुर तामाङ बेपत्ता छन्।
तामाङ समाज पोर्चुगलका अध्यक्ष गोपाल योञ्जनका अनुसार दुवैजना शनिबार राति बेपत्ता भएका हुन् ।
बेपत्तामध्ये धनबहादुरको शव आइतबार उद्धार टोलीले समुद्रमा भेट्टाएको थियो। टेकबहादुर हालसम्म बेपत्ता छन्।
धनबहादुर र टेकबहादुरसहित अन्य दुई नेपाली पनि सामुद्रिक जीव खोज्न गएका थिए।
बेपत्ता टेकबहादुरको झोला र बाल्टी मात्रै भेटिएको योञ्जनले जानकारी दिनुभयो।
धनबहादुरको शव परीक्षणका लागि मोन्तिजोस्थित बरेइरो अस्पतालको शवगृहमा राखिएको छ। बेपत्ताको खोजी गरिरहेको उहाँको भनाइ छ।
धनबहादुर वैदेशिक रोजागारीको सिलसिलामा फ्रान्स हुँदै गत वर्ष पोर्चुगल आएका थिए भने टेक बहादुर१८ दिन अघि मात्रै पोर्चुगल आएका थिए।
दुवैजना मोन्तिजो बस्दै आएका उनीहरु नाताले काका भतिज हुन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |