

धादिङ। जिल्ला प्रशासन कार्यालय धादिङले जिल्लाका सात वटा रिसोर्टलाई -याफ्टिङ सेवा बन्द गर्न निर्देशन दिएको छ।
बेनिघाट राेराङको विभिन्न स्थानमा सन्चालनमा रहेका रिसोर्टहरुले सम्बन्धित निकायबाट सञ्चालन अनुमति नलिई तथा सेवा लिने यात्रु/सेवाग्राहीकाे सुरक्षा बिमा समेत नगरी -याफ्टिङ सेवा सञ्चालन गरेको भन्दै सेवा बन्द गर्न निर्देशन दिएको हो।
प्रशासनका अनुसार बेनिघाट राेराङ-३ को राेयल रिभर साइट -याफ्टिङ रिसोर्ट, बुढी गण्डकी रिसोर्ट, विग सि रिसोर्ट, बेनिघाट राेराङ-५ को नेचुरल रिसोर्ट, माईलस्टाेन भिलेज रिसोर्ट, बेनिघाट राेराङ-७ को चराैंदी विच रिसोर्ट र हाेलिडे विच रिसोर्टलाई सेवा बन्द गर्न निर्देशन दिइएको छ।
जलयात्रा (-याफ्टिङ) मुलुककाे पर्यटन क्षेत्रकाे विकाससँग प्रत्यक्ष रूपमा जाेडिएकाे व्यवसाय भएपनी अवैध र असुरक्षित रहेको पाईएपछि अनुमति र बिमा सम्बन्धी कागजात पेश नगर्दा सम्मका लागि सेवा बन्द गर्न निर्देशन दिएकाे प्रशासनले जनाएको छ।
निर्देशनको अवज्ञा गरि सन्चालन गरेको पाइएमा कानुन बमोजिम कारबाही गरिने पनि प्रशासनले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |