

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका–१ को रानीपौवा माध्यमिक विद्यालयमा अध्ययनरत दुई विद्यार्थीले विद्युत्तीय गाडी निर्माण गरेका छन् ।
कक्षा १० मा अध्ययनरत सौरभ बसौला र सुशील अधिकारीले दुई सय किलोभन्दा बढी भार बोकेर गुड्न सक्ने चार पाङ्ग्रे विद्युत्तीय गाडी (कार) निर्माण गरेका हुन् ।
कक्षा कोठामा विज्ञान शिक्षकले विद्युतीय गाडीको बारेमा जानकारी दिनुभएपछि गाडी निर्माण गर्न सकिन्छ भन्ने लागेर दुवै जना मिलि केही किनेर र केही स्थानीयरुपमा प्राप्त सामग्री प्रयोग गरेर गाडी तयार गरिएको विद्यार्थी अधिकारीले बताउनुभयो ।
कवाडी बनेका गाडीका पार्टपुर्जा प्रयोग गरी दुई साता लगाएर तयार पारिएको निर्माणमा संलग्न अर्का विद्यार्थी सौरभ बसौलाले बताउनुभयो ।
चालकसहित तीन जना अट्ने क्षमता रहेको गाडीमा २५० वाटको दुई वटा मोटर र १२ भोल्टको २ वठा ब्याट्री जडान गरिएको छ। एक पटक चार्ज गरेपछि तेर्सो बाटोमा दुई घण्टासम्म गुडाउन सकिने र जति बढी भोल्टको ब्याट्री जडान ग¥यो त्यति नै बढी भार बोक्न सकिने निर्माणमा संलग्न विद्यार्थीले बताएका छन् ।
सहयोग प्राप्त भए अहिलेको भन्दा अत्याधुनिक विद्युतीय गाडी निर्माण गर्न सकिने उहाँहरु बताउनुहुन्छ ।
बसौला र अधिकारीले विद्युतीय गाडी निर्माण गर्ने क्रममा भएको खर्च त्रिपुरासुन्दरी गाउँपालिकाले बेहोर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले विद्यार्थीको कामले प्रभावित भएको भन्दै ‘अध्यक्षसँग विद्यार्थी कार्यक्रम’को बजेटबाट गाउँपालिकाको जुनसुकै विद्यालयका विद्यार्थीको क्षमता वृद्धि गर्न आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।
दुवै विद्यार्थीलाई गाउँपालिका र विद्यालयले नगदसहित सम्मान गरेको छ ।
गाडी प्रदर्शनका क्रममा पुग्नुभएका जनप्रतिनिधि, अभिभावक र शिक्षकलाई बसौला र अधिकारीले कारमा चढाएर घुमाउनुभएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |