

काठमाडौँ । ड्यामसोल टेक्नोलोजीद्वारा आयोजित टेक्नोलोजी एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।
नेपाल, भारत, बङ्गलादेश, भुटान र अस्ट्रेलियाका आफ्ना क्षेत्रमा योगदान पुर्याउने विशिष्ट व्यक्तिहरूलाई सम्मान गरिएको थियो। नेपालबाट साइबर सेक्युरिटी एक्याडेमिमा उल्लेखनीय योगदान प्रदान गरेका डा। सुमन थपलियालाई ड्यामसोल टेक्नोलोजीद्वारा टेक्नोलोजी एक्सिलेन्सी अवार्डले सम्मान गरिएको हो ।
विगत ८ वर्षदेखि नेपालको साइबर सेक्यिुरीटि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका डा.थपलियालाई उक्त अवार्डले सम्मान गरिएको हो । कार्यक्रममा म्युजिक आन्ट्रपेन्र्युर, एक्याडेमिया, सोसियल अफ्यर लगायत विभिन्न विधामा अन्य व्यत्तित्वहरुलाई सम्मान गरिएको थियो । पूर्व राष्ट्रपति डा। रामवरण यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
उक्त कार्यक्रममा राष्ट्रिय सभाका पूर्व अध्यक्ष गणेश तिम्सिना, पूर्व उपप्रधानमन्त्री सुजता कोइराला लगायतको उपस्थिति थियो । कार्यक्रममा प्रमुख अतिथि सांसद सुजाता कोइरालाको हातबाट अवार्ड प्रदान गरिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |