

सीप विकास वर्ष घोषणा गर्दै बागमती प्रदेश युवा सम्मेलन २०८१ समापन भएको छ ।
प्रदेश युवा परिषद् हेटौंडाले आइतबार बागमती प्रदेशभरका पाँच हजार जनालाई सीप सिकाउने लक्ष्यसहित यस वर्षलाई सीप विकास वर्ष घोषणा गरेको हो ।
परिषद्का उपाध्यक्ष सन्तोष चौलागाईंले १३ बुँदे घोषणा पत्र जारी गर्दै सीप विकास वर्ष घोषणा गर्नुभएको हो ।
युवामा लगानी बिना देशको समृद्धि हुन नसक्ने दाबीसहित सम्मेलनले युवाहरुका लागि देशमै दिगो र प्रभावकारी सम्भावनाको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
सम्मेलनले बागमती प्रदेश युवा परिषद् ऐन २०७६, प्रदेश युवा परिषद् नियमावली २०७७, बागमती प्रदेश युवा नीति, २०७९ को प्रभावकारी कार्यान्वयन गर्दै बागमतीका युवाहरुको चाहना र आवश्यकताको सम्बोधन गरिनु पर्ने माग गरेको छ ।
२८ वैशाखबाट सुरु सम्मेलनमा उठेका विषयमाथि आइतबार मुख्यमन्त्री शालिकराम जम्कट्टेलसँग युवाहरुको अन्तर्क्रियासँगै प्रश्न–उत्तरका साथै युवाहरुको सफलताका कथा प्रस्तुत भएका थिए ।
सम्मेलनमा शिक्षामा कहाँ छ समस्या , नीति, राजनीति र समृद्धि, डिजिटल साक्षरताः प्रविधि, अवसर र सम्भावना, नवप्रवर्तन र उद्यमशीलताः नीति र निरन्तरता, विदेशमा आर्जित ज्ञान र सीप देशमा लगानीको सम्भावनाका विषयमा अन्तरक्रिया भएको थियो।
सम्मेलनमा प्रदेशका १३ जिल्लाका ११९ पालिकामध्ये ९१ पालिकाबाट १६ वर्षदेखि ३० वर्ष उमेर समूहका २०० बढी युवाको सहभागिता रहेको परिषद्ले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |