












देशभर यसपटकको मनसुनमा औसतभन्दा धेरै वर्षाको प्रक्षेपण गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनसार यही जेठ १९ गतेदेखि असोज १४ गतेसम्मको मनसुनी अवधिमा औसतभन्दा धेरै पानी पर्ने छ । देशका धेरै ठाउँमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको मौसमविद्ले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, बाग्मती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेश प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ३५ दशमलव चार प्रतिशतदेखि ६५ दशमलव पाँच प्रतिशत छ ।
साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर पानी पर्ने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।
यो अवधिमा अधिकतम र न्यूनतम दुवै तापक्रम औसतभन्दा धेरै हुने देखिन्छ । यस्तै न्यूनतम तापक्रम देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५ दशमलव चार प्रतिशत रहेको विभागको अनुमान छ ।
साधारणतया जुनदेखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । यही अवधिमा नेपालमा वार्षिक वर्षाको झण्डै ८० प्रतिशत वर्षा हुने गर्दछ ।
मनसुनमा औसतभन्दा बढी पानी पर्दा प्राकृतिक प्रकोपको जोखिम बढ्ने सम्भावना छ । पानी धेरे पर्दा हिमाली र पहाडी भेगमा पहिरो जाने तथा तराईमा बाढीको उच्च जोखिम हुन सक्छ ।
अनुमान अनुसार मनसुनी वर्षा धेरै भए विपत्का घटना बढ्ने जोखिम रहँदा प्रभावित क्षेत्रमा पर्न सक्ने असर र हुनसक्ने क्षतिको आंकलन गरेर पूर्व तयारीमा जुट्ने बेला भईसकेको छ । यसअघि मनसुनी वर्षाको जोखिम सामना गर्न राम्रो पूर्वतयारी गर्न नसक्दा प्राकृतिक विपत्का घटनाका कारण धेरै जनधनको क्षति भएको इतिहास छ ।
अहिले मनसुन शुरु हुन अब एक महिना पनि बाँकी छैन । अहिलेसम्म वर्षायाममा हुन सक्ने विपद्को लागि पूर्वतयारी केही भएको छैन । भर्खरै मात्र मौसम पूर्वानुमानको बुलेटिन सार्वजनिक भएको छ । न जोखिम क्षेत्रको पहिचान भएको छ, न प्रभावित हुनसक्नेको तथ्याङ्क सङ्कलन भएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |