

धादिङ । गजुरी गाउँपालिका–१ गजुरीबजारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदाँ एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिद्धलेक गाउँपालिका–६ का अन्दाजी १८ बर्षिय शनि घले रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका सहायक हवल्दार दिपेन्द्र बस्नेतले बागमती कलमलाई जानकारी दिनुभयो ।
आज दिउँसो काठमाडौंबाट चितवनतर्फ जादैँ गरेको ना ६ ख २९२० नम्बरको ट्रकले सडक क्रस गर्दै गरेको प्रदेश ३–०२००६ प २५८७ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक घलेको घटनास्थलमै मृत्यु भएको हवल्दार बस्नेतले बताउनुभयो ।
ठक्करबाट मोटरसाइकलमा पछाडी सवार गजुरी–१ नयाँबजारका अन्दाजी १५ बर्षका सुबिन बराईली घाईते भएका छन्।
उनलाई उपचारको लागि काठमाडौँ पठाइएको र ठक्कर दिने ट्रक र ट्रकका चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। तस्विर:रामहरी थापा





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |