

चोके रिगाउँ । धादिङको गंगाजमुना गाउँपालिकाले वालक्लवका पदाधिकारीहरुको लागि क्षमता विकास कार्यशाला सञ्चालन गरेको छ ।
शनिवार गंगाजमुना गाउँपालिकाको वडा नं १ र २ वालक्लवका पदाधिकारीहरुको लागि आयोजित कार्यशाला समापन पछि वडा स्तरीय वाल क्लव संजाल पुर्नगठन गरिएको छ।
वडा नं १ मा यावेश तामाङको अध्यक्षतामा ९ सदस्यीय र वडा नं २ मा श्रेया तामाङको अध्यक्षतामा ११ सदस्यीय संञ्जाल पुर्नगठन गरिएको छ ।
वडा नं १ को हिमालय आवि चोकेमा भएको बालक्लबका पदाधिकारीहरुको वडा स्तरीय क्षमता विकास कार्यशालामा सम्बन्धित वडा भित्र रहेका हरेक बिद्यालयबाट समाबेसी आधारमा छनौट भई बिद्यालय र वडा बाल संजालमा रहेका पदाधिकारी तथा सदस्यहरुसहित ५७ जना सहभागी थिए।
नेपालले बालबालिकाको सहभागीताको अधिकारलाई मौलिक हकको रूपमा आत्मसात गरेको छ ।
बालसमूह गठन तथा परिचालन निर्देशिका २०७४ तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले समेत स्थानीय सरकारले बालअधिकार सुनिश्चित गर्नका निम्ति स्थानीय सरकारले स्थानीय तहको योजना तर्जुमा गर्दा बालक्लव र बालबालिकाको सहभागीता सुनिश्चित गर्नुपर्ने कुराको उल्लेख भए बमोजिम वडा स्तरीय बालक्लब संञ्जाल पदाधिकारीहरुको क्षमता विकास कार्यशाला गरिएको महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख प्रतिमा भट्टले बताउनुभयो ।
कार्यक्रममा बालअधिकार,वालक्लव बिधान,गाउँपालिकामा आवद्धता,काम कर्तव्य, अधिकार र उत्तरदायित्व, वालक्लवले समुदाय र बिद्यालय तहमा गर्न सक्ने कामहरु लगायतका बिषयमा बाल अधिकार अभियन्ता तथा प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल र सन्तोष सत्याले सहजिकरण गर्नु भएको रिगाउँबाट प्रमिता भट्टले जानकारी दिनुभयो ।












आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |