

धादिङ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ चिउरी टारमा रेविज लागेको कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ ।
बेनिघाट रोराङ-२ की ६ बर्षीया मनिला चेपाङको काठमाडौं स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा उपचारको क्रममा मंगलबार मृत्यु भएको स्थानिय शिक्षक मिश्र शाक्यले जानकारी दिनुभयो ।
अघिल्लो साता गाउँमा रेविज लागेको कुकुरले टोकेपछि मलेखु स्थित टिचिङ अस्पतालमा लगिएको थियो । ज्वरो आउने, पानी तथा हावा देखेर डराउने जस्ता लक्षण देखिएपछी शुक्रराज ट्रपिकल लगिएको शिक्षक शाक्यले बताउनुभयो ।
गाउँमा रेविज लागेको कुकुर रहेको र अन्य स्थानिय बासीलाई पनि टोकेकोले उनीहरुको उपचारको लागी वडा कार्यालयले पहल गरेको वडा अध्यक्ष हेमराज भुजेलले बताउनुभयो ।
रेविज लागेको कुकुरले टोकेको क्षेत्र चिउरी टारमा रहेको चेपाङ समुदायमा एन्टि रेबिज भ्याक्सिन लगाइएको छ ।
सोमबार गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (विबेक) को नेतृत्वमा गएको स्वास्थ्यकर्मी सहितको टोलिले भ्याक्सिन सहित परामर्श दिएको हो ।
बालिकालाई टोक्ने कुकुर मरिसकेको र अन्य चारजनालाई समेत त्यही कुकुरले टोकेको हुँदा चार जना सहित मनिला चेपाङको सम्पर्कमा आएका २० जना गरी २४ जनालाई एन्टि रेबिज भ्याक्सिन लगाइएको जनस्वास्थ्य कार्यालय धादिङका सुचना अधिकारी तोयानाथ छत्कुलीले जानकारी दिनुभयो ।
रेबिज रोग लागेको कुनै पनि जंगली जनारहरूसँगको सम्पर्कमा आउँदा सर्वप्रथम कुकुरलाई सर्दछ ।
रेबिज रोग लागेको कुकुरको टोकाई तथा चटाईबाट सर्ने यो रोग सबै पशु तथा मान्छेहरूलाई सर्दछ । गाई, भैंसी, भेँडा, बाख्रा, सुँगुर, बंगुर र बिरालोमा पनि रेबिज लाग्ने हुँदा सावधानी अपनाउनको लागि आग्रह गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |