

धादिङ । नीलकण्ठ नगरपालिका भित्रका टोल विकास संस्थाका टोल विकास संस्थाका पदाधिकारीको लागि अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।
र टोल विकास संस्था महासंघ धादिङको आयोजनामा मंगलबार धादिङबेशीमा संस्थाका पदाधिकारीलाई अभिमुखीकरण गरिएको हो ।
टोल विकास संस्था महासंघ धादिङका अध्यक्ष नर बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख अतिथ्यता, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुशोत्तम सुवेदी, नेपाल नगरपालिका महासंघका सल्लाहाकार सरोज अधिकारीको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा वडा नं ८ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका सल्लाहाकार दिपक कोईराला र नगरपालिकाको योजना शाखा प्रमुख विवेक खतिवडाले संस्था पदाधिकारीहरूको काम कर्तव्य र अधिकार, योजना कार्यान्वयन योजनाको काम समयमा सपन्न गर्न, सम्पन्न भएको योजनाको सहज तरिकाले भुक्तानी लिन, जनता प्रति जवाफदेही र पारदर्शी बनाउने, टोल विकास संस्थाको गठन प्रक्रिया, वडा कार्यालय मार्फत प्रवाह हुने सेवा लगायतका विषयमा प्रशिक्षण दिनुभएको टोल विकास संस्था महासंघ धादिङका सचिव सन्तोषराज श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वकर्माले स्थानीय स्तरको सेवालाई प्रभावकारी बनाउन टोल विकास संस्था गठन गरिएको भन्दै सबै विकासका काम टोल विकास संस्थासँगको समन्वय र सहकार्यमा हुने बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीले विकास निर्माण कार्यमा टोल विकास संस्थाको महत्वपूर्ण भुमिका हुने बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |