

धादिङ । नीलकण्ठ नगरपालिका-३ धादिङबेसीमा बालमैत्री स्थानीय शासन समितिको बैठक तथा बालमैत्री आचार संहिता र कार्यबिधि कार्ययोजना कार्यशाला सम्पन्न भएको छ ।
निलकण्ठ नगरपालिकाको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा बिहिबार बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धी आचार संहिता तथा कार्ययोजना तर्जुमा कार्यशालामा बालमैत्री स्थानीय शासनका ३६ वटा सेवाप्रवाह र १५ संस्थागत गरि ५१ वटा सुचकहरु पूरा गर्न स्थानीय तहको वडास्तरबाट गर्नुपर्ने बालबालिकाहरुको बस्तुगत विवरण तयारी, आचार संहिता,वडा बालसंञ्जाल गठन,परिचालन ,समुदाय तहमा गर्नु पर्ने बाल अधिकार सम्बन्धि सचेतना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेशका निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको हो ।

कार्यक्रममा वडाध्यक्ष राजकुमार श्रेष्ठले बालबालिकाहरुको सर्वाङ्गिण विकासको लागि वडाले २०८१ सालभित्र बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा गर्ने लक्ष्य सहित कार्य गरिरहेको बताउनुभयो।

कार्यशालामा महिला तथा बालबालिका शाखा प्रमुख निर्मला केसीले नगरपालिकामा बालमैत्री स्थानीय शासन अबलम्वन तथा घोषणा गर्ने कार्य कुनै परियोजना कार्यान्वयन नभएर यो बालबालिकाको सर्वाेत्तम हित ,सर्वाङ्गिण बिकास र अर्थपूर्ण सहभागीताको सिद्धान्तमा आधारित सवालहरुलाई स्थानीय तहको निति,योजना, संरचना र कार्य प्रक्रियामा संस्थागत गर्ने शासकीय पद्धति भएकोले यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी पनि स्थानीय तहको भएकोले नीलकण्ठ नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणाको लागि वडागत रुपमा अभियानको रुपमा अगाडि बढाईएको बताउनुभयो ।

वडाध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बालमैत्री स्थानीय शासन वडा समितिका पदाधिकारीहरु लगाएतको सहभागीता थियो ।

बालमैत्री बनाउने अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणाको लागि वडातहमा गर्नु पर्ने कामको प्राथमिकताक्रम अनुसार कार्ययोजना तयारी र बालबालिका , अभिभावक बिद्यालय , जनप्रतिनिधिहरुको लागि बालमैत्री आचार संहिता तयार गरिएको निर्मला केसीले बताउनु भयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |