

धादिङ । धादिङमा वाढी पहिरो सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस, जनप्रतिनिधिलगायत सरोकारवालाहरूको समन्वयमा मंगलबार गजुरी गाऊँपालिका-१ स्थित त्रिशूली नदी किनारमा वाढी पहिरो सम्बन्धि कृत्रिम घटना अभ्यास गरिएको हो ।
त्रिशूली नदी र यसको तटीय क्षेत्रमा बाढी पहिरो नियमित हुने गर्छ ।
त्रिशूली नदीले बगाएका र पहिरोबाट प्रभावितहरुलाई उद्धार गरि नागरिकलाई बचाउन नेपाली सेनाको शिवदल गण गजुरीको अगुवाइमा विपत् पूर्वतयारी र प्रतिकार्यका लागि विपतबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले ‘अभ्यास मनसुन–४’ आयोजना गरिएको हो।
कार्यक्रममा बाढ़ी पहिरोमा परेर निम्तिएको विपत्तिमा परेकाको उद्धार अभ्यास गरिएको थियो भने विपत्तिबाट निम्तिन सक्ने थप सम्भावित विपत्ति हुनबाट जोगाउने अभ्यास समेत गरिएको थियो।
पहिरोमा पुरिएर घाइते भएकाहरूको प्राथमिक उपचार र थप उपचारका लागि सकभर चाँडै स्वास्थ्य संस्थामा पु¥याउनुपर्ने र नआत्तिई सबैले सहकार्य गरे उद्धारलाई छिटो गरी थप विपत्ति रोक्न सकिने सन्देश अभ्यास कार्यक्रममार्फत दिइएको नेपाली सेनाको शिवदल गण गजुरीका सेनानी ऑपरेशन अधिकृत हेमप्रसाद शिवाकोटीले बताउनुभयो ।
यसअघि शिवदल गणले नेपाली सेना,नेपाल प्रहरी, ससस्त्र प्रहरी लगायतको ६० जनाको टोलीले अभ्यास मनसुन ४ तालिम लिएका थिए ।
नदीमा परेर बगाएका मानिसको उद्दार, प्राथमिक उपचार, र अस्पताल प्रेषण कार्य देखाईएको थियो । यसैगरि पहिरोमा हराएका मानिसको खोजी र डोरीको सहायताले पहिरो तलबाट पहिरोमाथि उकाल्ने किसिमको उद्धार अभ्यास गरिएको थियो ।
कार्यक्रममा श्री नम्बर ६ बाहिनी अड्डाका बाहिनीपति सहायक रथि रोज प्रताप जबरा, प्रमुख जिल्ला अधिकारी राजेन्द्र देव पाण्डे लगायतका सुरक्षा निकायका प्रमुख र अधिकृतहरुको उपस्थिति रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |