

धादिङ- प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले बुधबार बेनिघाट रोराङ गाउँपालिका-८ बिदाङमा सामाजिक लेखा परिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय बृद्धिका अवसरहरुमा समेत सुधार गर्ने उद्देश्यले शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको सामाजिक लेखा परिक्षण गरिएको हो ।
स्थानीयहरुले परियोजनाको प्रशंसा गर्दै शिक्षा मात्र होइन अन्य क्षेत्रमा पनि परियोजना संचालन गर्न आग्रह गरेका छन् ।
स्थानीय तहमा क्रियाशिल सामाजिक संस्था प्रयास नेपालको नीति, नियम, कार्यक्रम कार्यान्वयन, व्यवहार, श्रोत परिचालन, कार्यान्वयन प्रकृया, पारदर्शिता र प्रभावकारिताबारे सम्बन्धित सेवाग्राही, सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुबिच छलफल गरि आगामी दिनमा परियोजनालाई थप सुधार गर्न सामाजिक लेखा परिक्षण गरिएको परियोजना संयोजक केशव सिग्देलले बताउनुभयो।
उहाँले आर्थिक वर्ष ०८०/०८१ मा शिक्षा विषयगत क्षेत्र अन्तरगत शिक्षामा पहुँच सुनिश्चितता परियोजना कार्यक्रमको प्रगति तथा आर्थिक विवरण प्रस्तुतिकरण गर्नुभएको थियो ।
सामाजिक लेखा परिक्षण संस्थाको सरोकारवाला तथा लाभान्वित समुहप्रतिको जवाफदेहितालाई प्रमाणित गर्न, वृहत स्तरमा पारदर्शिता कायम गर्न, लाभान्वित समुह, सरोकारवाला र साझेदार संस्थाहरुको कार्यक्रममा सहभागीतामा वृद्धि गरी कार्यक्रम तर्जुमा तथा व्यवस्थापनमा अपनत्वको भावना सृजना गर्न सामाजिक लेखापरिक्षण कार्यक्रम गरिएको प्रयास नेपाल धादिङकी उपाध्यक्ष उषा विकले थप्नुभयो।
कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष राज कुमार श्रेष्ठ, विद्यालयका प्रधानाध्यपकहरु, शिक्षकहरु, प्रतिनिधीहरु, बाल विकास सहजकर्ताहरु, बाल क्लबका पदाधिकारीहरु, बाल क्लब फोकल शिक्षकहरु,विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु र लक्षित समुदायका व्यक्तिहरुले परियोजनाले राम्रो काम गरेको भन्दै प्रशंसा गरे ।
पत्रकार अनिल नेपालीले सहजिकरण गर्नुभएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा प्रयास नेपाल धादिङका परियोजना संयोजक सिग्देलले सम्बोधन गर्नुभएको थियो ।
चाईल्डफण्ड जापान(ChildFund Japan)को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय वृद्घिका अवसरहरुमा समेत सुधार गर्ने उद्देश्यसहित वडा नम्बर ६, ८ र १० वडाका १९ विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना सञ्चालन गरिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |