

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ जहरेखेतमा आइचर ट्रकले तिन वटा सवारीसाधनलाई ठक्कर दिएको छ ।
आईतबार दिउँसो काठमाण्डौं बाट गजुरी तर्फ आउदे गरेको ग १ क ६१६१ नं को आइचरले बिपरित दिशा तर्फ बाट जाँदै गरेको बा प्र ०२-०४१ प ५१३२ नं को स्कुटर, बा ७२ प ८१६१ नं.को मोटरसाईकल र सोही ठाउँमा पार्किङ गरिराखेको ना ६ ख ६००१ न.को ट्रकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।
दुर्घटनामा ३ जना घाइते भएका छन् ।
घाईते हुनेहरुमा स्कुटर चालक काठमाण्डौंको दक्षिणकाली नगरपालिका-२० बस्ने बर्ष ४० को विकाश केसि, आइचर चालक गोरखाको गोरखा नगरपालिका-९ बस्ने बर्ष ३३ को कुमार नेपाली र मोटरसाईकल चालक घादिङको रवी भ्याली गाउँपालिका-४ बस्ने बर्ष ४२ को गोपाल तामाङ रहेको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो ।
घाईतेहरुको आदमघाट अस्पताल प्रा.लि.मा उपचार भईरहेको र दुर्घटना भएका सवारी साधन अस्थायी प्रहरी पोष्ट आदमघआटको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |