

धादिङ,०२ फागुन ।
गरिबी निवारण सहयोग पु¥याउन एनएमबि लघुवित्त र गजुरी गाउँपालिकाबिच सम्झौता भएको छ ।
नागरिकहरुको जीवनस्तरमा आवश्यक शिक्षा, सीप, श्रोत तथा वित्तीय पहुँच सुनिश्चत गरी सकारात्मक परिवर्तन ल्याउने साझा विषयमा सहकार्य गर्ने सम्वन्धी सम्झौता भएको हो ।
मंगलबार मलेखुमा भएको एक कार्यक्रममा गजुरी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला बिसुराल र लघुबित्तका नायव प्रमुख कार्यकारी अधिकृत बिरु राम जैशीले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको एनएमबी लघुवित्त नलाङ शाखाका शाखा प्रमुख शालिग्राम अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै लघुवित्तका नायव प्रमुख कार्यकारी अधिकृत जैशीले स्थानिय सरकार संग समन्वय गर्दै लघुवित्त कार्यक्रमको माध्यमवाट बित्तियपहुँच पुर्याई गरिबी निवारण सहयोग पुर्याउने उदेश्यले यो सम्झौता गरिएको बताउनुभयो ।
त्यस्तै गाउँपालिकाकी उपाध्यक्ष बिसुरालले एनएमबि लघुवित्तसँगको साझा सहकार्यले स्थानिय विपन्न परिवारलाई सबल र आत्मनिर्भर बनाउन सघाउ पुग्ने बताउनुभयो ।
कार्यक्रममा बालबालिका तथा जेष्ठ नागरिक प्रमुख सरस्वती सिलवाल,संस्थाको केन्द्रीय कार्यालय शाखा संचालन तथा सामान्य सेवा विभाग प्रमुख भुवनेश्वर फुलारार, धुलिखेल प्रादेशिक कार्यालयका प्रादेशिक प्रमुख महेश पाठक र क्षेत्रिय प्रवन्धक मनोज कुमार घर्ती,विभिन्न शाखाका शाखा प्रमुख र कर्मचारीहरुको उपस्थिति रहेको एनएमबी लघुवित्त कुम्पुर शाखाका शाखा प्रमुख जनक कोईरालाले बताउनुभयो ।
पोखरामा केन्द्रीय कार्यालय रहेको एनएमबि लघुवित्तले र ७ वटै प्रदेशमा ७ वटा प्रादेशिक कार्यालय स्थापनागरि ६८ जिल्लामा १४८ शाखा विस्तार गरी लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |