

धादिङ,०५ फागुन।
धादिङको सिद्धलेक गाउँपालिका स्थित सिद्धलेक (सिद्धबाबा मन्दिरमा) भोलि हुने तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ ।
सिद्धलेक ढेवाडाँडा समाज नेपालको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा महाशिवरात्री पर्वको अवसरमा भोलि शनिबार हुन लागेको तेस्रो सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको लागि सम्पूर्ण तयारी पूरा भएको आयोजक समाजका सल्लाहकार अमृत गुरुङ(तिलक)ले जानकारी दिनुभयो ।
महोत्सवका लागि मञ्च निर्माण, स्टल निर्माण, स्वागत गेट निर्माण, सरसफाई, पानी, स्वयम्सेवक र रक्तदान कार्यक्रमको तयारीसँगै सम्पूर्ण पूर्वाधार निर्माण भईसकेको गुरुङले जानकारी दिनुभयो ।
महोत्सवमा राष्ट्रिय कलाकार चर्चित लोक गायक कुलेन्द्र बि.क.,सुमन परियार, बालचन्द्र बराल, लोक गायीका सुमन थापा मगर, हास्य कलाकार बेगम नेपाली(भट्भटे), मनराज श्रेष्ठ, मोडल टिका भुजेल, स्थानीय कलाकारहरु सिर्जन खत्री, सोभित श्रेष्ठ, प्रवेश श्रेष्ठ प्रमोद खनाल लगाएत गोधुलि साँस्कृतिक परिवारको विशेष प्रस्तुति हुने सिद्धलेक ढेवाडाँडा समाजका सल्लाहाकार गुरुङले बताउनुभयो ।
जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धलेक तथा ढेवा डाँडामा हरेक बर्ष महाशिवरात्रीमा मेला लाग्ने गर्दछ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केहीबर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ । भोलि हुने उक्त धार्मिक तथा सांस्कृतिक महोत्सवमा सहभागि हुन आयोजकले सम्पूर्णलाई अपिल गरेको छ ।
महोत्सवमा बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा धादिङ क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता रहने आयोजकले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |