

धादिङ,०६ फागुन।
महाशिवरात्रिको अवसरमा धादिङको सिद्धलेक गाउँपालिका–२ स्थित नलाङमा मिनि म्याराथुन प्रतियोगीता सम्पन्न भएको छ ।“धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युवाहरु” भन्ने नाराका साथ चक्रदेवी सामुदायिक समाज नेपाल, नलाङ मोडेल एकेडेमी, र द यिअर्ली ट्रष्ट एवं नेपाल एकेडेमीको संयोजनमा भएको प्रतियोगितामा ४ समुह बिभाजन गरिएको थियो ।

जसमा महिला खुल्ला प्रतिस्पर्धामा
प्रथमः सङ्गिता नेपाली,सिद्धलेक २ नलाङ
द्वितीयः सुमित्रा सुर्खेती,सिद्धलेक २ नलाङ
तृतीयः सुधा सिलवाल, नलाङ मोडेल एकेडेमी
चौथोः बिनु सिलवाल, नलाङ मोडेल एकेडेमी
त्यस्तै पुरुष खुल्ला प्रतिस्पर्धामा
प्रथमः श्रीलाल तामाङ,खनियाबास २, धादिङ ।
द्वितीयः राम घले,रुवी भ्याली २, धादिङ ।
तृतीयः दिपक दुवाडी,सिद्धलेक २ नलाङ
चौथोः गङ्गा बहादुर घले,सिद्धलेक ५ कुम्पुर ।
छात्र १५ बर्ष मुनिको प्रतिस्पर्धामा
प्रथमः बिपिन सुवेदी, सिद्धलेक २ आपृ
द्वितीयः गोबिन्द नेपाली सिद्धलेक २
तृतीयः रमेश नेपाली सिद्धलेक २
चौथोः सन्तोष खनाल सिद्धलेक २ आपृ
छात्रा १५ बर्ष मुनिको प्रतिस्पर्धामा
प्रथमः रमिला बराम,सिद्धलेक २ नलाङ मोडेल एकेडमी
द्वितीयः सुमित्रा नेपाली सिद्धलेक २
तृतीयः एन्जुला थापा मगर, सिद्धलेक २ आपृ
चौथोः पुजा बराम सिद्धलेक २ ज्यामिरस्वारा
नलाङ ठाँटी भञ्ज्याङवाट बिहान ८ बजेबाट सुरु भई सिद्धबाबा मन्दिर सिद्धलेकमा समापन भएको दौडमा प्रथम, द्धितिय, तृतीय हुनेलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरिएको नलाङबाट अर्जुन सिलवालले जानकारी दिनुभयो ।।


नलाङ मोडेल एकेडेमीका प्रिन्सिपल बलराम सिलवालको अध्यक्ष्यतामा भएको कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्य तथा उपाध्यक्ष सबिता अर्यालको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा वडा न.१ का वडा अध्यक्ष पेमा लामा, वडा न. ५ का वडा अध्यक्ष बुद्ध घले,बिभिन्न राजनैतिक दलका प्रमुख एवम प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।


मिनि म्याराथुनमा खुल्ला महिला तथा पुरुष दौड, उमेर समुहहरु १५ बर्ष मुनिका छात्र र छात्रा गरि १२३ जना सहभागि थिए । सहभागिहरुलाई “धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा सङ्गसङ्गै“ लेखिएको जर्सी वितरण गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष खतिवडाले खेलकुदको बिकासमा र सिद्धबाबा मन्दिरको बिकास र प्रर्वधनमा गाउँपालिकाले सदैब उल्लेखनीय भुमिका निर्वाह गर्ने बताउनु भयो ।यस्तै उपाध्यक्ष अर्यालले आगामी दिनहरुमा खेलकुदमा छात्र छात्राहरुको सक्रिय सहभागिता गराउने बताउनुभयो ।

वडा सदस्य झम्क बहादुर सिलवालले धार्मिक एबम ऐतिहासिक क्षेत्र संरक्षण र प्रवर्दनमा सबैको सामुहिक प्रयास रहने बताउनुभयो । उक्त दौड कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रम सुशील खनालले सन्चालन गर्नुभएको थियो।









आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |