

धादिङ,१५ फागुन ।
आज स्वास्थ्य सेवा दिवस,धादिङ सहित देशैभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
‘दक्ष जनशक्ति, गुणस्तरीय स्वास्थ्य सेवा–निरोगी नेपाल निर्माणमा हाम्रो टेवा’ भन्ने मूल नाराको साथमा धादिङमा पनि विविध कार्यक्रम गरि मनाईएको छ । धादिङ अस्पतालको आयोजनामा आज बिहान धादिङबेशी पुछार बजारदेखि प्रभातफेरि गरिएको थियो ।
प्रभातफेरि कार्यक्रममा अस्पताल,स्वास्थ्य कार्यालय, जिल्लाका विभिन्न स्वास्थ्य सस्थामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको सहभागिता रहेको थियो।
धादिङ अस्पतालका अध्यक्ष राजाराम रिजालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी डिएसपी सन्त लाल प्रसाद जैसवाल, स्वास्थ्य कार्यालयका प्रमुख सागर घिमिर, धादिङ रेडक्रस सभापति दुर्लभ तामाङ, नेपाल हृदय रोग निवारण प्रतिष्ठान धादिङका अध्यक्ष राजकुमार श्रेष्ठ, धादिङ सामुदायिक आखा उपचार केन्द्रका प्रमुख रामसिङ तामाङको आतिथ्यता रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रजिअ ढकालले जस्तोजुकै जटिल परिस्थितिमा पनि जिम्मेवारीका साथ तत्काल सेवा तल्लीन हुने स्वास्थ्यकर्मीको कार्यको प्रशंसा गर्दै राष्ट्रको दिगो विकास लक्ष्य परिपुर्तिको लागि सक्रियता पुर्वक कार्य सम्पादन गर्न आग्रह गर्नुभयो।त्यस्तै आफनो भनाई राख्दै धादिङ रेडक्रस सभापति तामाङले अस्पताल र रेडक्रसबिच अति निकट सम्बन्ध रहेको बताउनुभयो ।
कार्यक्रममा धादिङ अस्पतालका डा.रुद्रमणी भण्डारीले नेपालको स्वास्थ्य सेवा विकासको लामो समय भए पनि अझै थुप्रै काम गर्न बाकी रहेको बताउनुभयो। उहाँले स्वास्थ्यकर्मीको सेवा,सुविधा र सुरक्षा अभावको कारण दक्ष जनशक्ति विदेश पलायन दिनानुदिन बढी रहेकोले राज्यले ध्यान दिन जरुरी रहेको बताउनुभयो।
अस्पतालका निमित्त मेसु.डा. मधुकर दाहालले पछिल्लो समय अस्पताल सुधारोन्मुख रहेको बताउनुभयो।त्यस्तै अस्पतालका अध्यक्ष रिजालले स्वास्थ्यकर्मीहरुलाई शुभकामना दिदै अस्पतालको बिकास र प्रगतिको लागि सबै पक्षको सहयोग र सहकार्य अपरिहार्य भएको बताउनुभयो । दिवसको अवसरमा धादिङ अस्पतालमा भर्ना भएर उपचाररत बिरामीहरुलाई फलफूल वितरण गरिएको छ ।यसैगरी अहिले अस्पताल परिसरमा रक्तदान कार्यक्रम भईरहेको छ ।
स्वास्थ्य सेवा ऐन, २०५३ जारी भएको दिनलाई स्मरण गर्दै हरेक वर्ष फागुन १५ गते स्वास्थ्य सेवा दिवस मनाउने गरीन्छ। संघ, प्रदेश तथा स्थानीय तहहरूमा विविध कार्यक्रम आयोजना गरी स्वास्थ्य सेवा दिवस मनाईदै छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |