

धादिङ,१६ फागुन ।
धादिङको थाक्रे गाउँपालिका–७ जुँगेखोलामा ८९ जनाले गरे रक्तदान गरेका छन्।
हाईवे बचत ऋण सहकारी संस्था लिमिटेड गल्छी–६ बैरेनीद्धारा सरस्वती सेवा केन्द्र स्थापनाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २० जना महिला ६९ जना पुरुष गरि ८९ जनाले रक्तदान गरेको धादिङ रेडक्रसका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिहान ९ बजेदेखी दिउँसो ३ बजेसम्म भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग तथा धादिङ जेसिसको सहयोग रहेको थियो ।
धादिङमा रक्तदान गर्नेको संख्या बढ्दै गएको छ । नियमित रूपमा रक्तदान गर्ने रक्तदाताहरूको संख्या बढेसँगै जिल्लामा रगत संकलन बढ्दै गएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।
धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |