

धादिङ,१७ फागुन।
धादिङबेशीमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङको लैङ्गिक हिंसा नियन्त्रण सञ्जाल समितिको आयोजनामा अपराध नियन्त्रण तथा अनुसन्धानका लागि नागरिक जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यले सरोकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा हिंसा नियन्त्रणको लागि धादिङ प्रहरीले गर्दै आएको कार्यहरुको विवरण, महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध नियन्त्रण सम्वन्धमा राय सुझावहरु संकलन, समाजमा भएको लैङ्गिक हिंसालाई कसरी नियन्त्रण गर्ने लगाएतका बिषयमा जानकारि गराईएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी रमेश ढकालले लैङ्गिक हिंसा कम गर्नको लागि सामान्य नागरिक देखी सम्माननिय प्रतिनीधिको समेत महत्वपूर्ण भुमिका रहने बताउनुभयो। ढकालले नागरिकहरुको भौतिक मात्र नभई मानसिक र सामाजिक विकासमा पनि जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले महिला बालबालिका तथा जेष्ठ नागरिक विरुद्ध हुने अपराध नियन्त्रण गर्न लैङ्गिक हिंसा नियन्त्रण सञ्जालले प्रहरीलाई सहयोग गर्ने बताउनुभयो । उँहाले समाजमा घटिरहेको घटनासगं सरोकारवाला सम्वन्धीत हुनुपर्ने र त्यसलाई नियन्त्रण गर्नुपर्ने भन्दै यो कार्यक्रम व्यक्तिको मात्र नभई सबैकोे कार्यक्रम रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा लैङ्गिक हिंसा नियन्त्रणको लागि स्थानिय सरकार र नागरिक समाजसँग समन्वय तथा सहकार्य गरि कार्यक्रम गर्ने कार्ययोजना बनाईएको छ । जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमेश ढकाल,विभिन्न संघ सस्थाका प्रमुख एवम प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |