

धादिङ,१८ फागुन।
जिल्ला प्रहरी कार्यालय धादिङले धादिङबेशीमा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।
नीलकण्ठ नगरपालिका वडा नं. ३ र ८ को विभिन्न स्थानबाट बरामद गरिएको करिब १ हजार लिटर घरेलु मदिरा र करिब १ हजार ५ सय लिटर कच्चा पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय धादिङ र अस्थाई प्रहरी पोष्ट पुच्छार बजारबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा बरामद गरिएको मदिरा नष्ट गरिएको जैसवारले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |