

नेपाल राष्ट्र बैंकले आइतबार १५ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्दै छ। फागुन २३ गते बिक्री हुने ट्रेजरीको फागुन २१ गते आइतबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जानकारी दिएको छ।
केन्द्रीय बैंकले २८ दिने, ९१ दिने र १८२ दिने गरी ३ किसिममा ट्रेजरी बोलकबोल गर्न लागेको हो।
यद्यपि कुल ट्रेजरीमध्ये ३ अर्ब ४ करोड ५० लाख रुपैयाँ पुरानो बिलको नवीकरण गरेर बाँकी रहेको १२ अर्ब रुपैयाँ मात्र नयाँ ट्रेजरी बिक्री गरिने बैंकले जनाएको छ।
बैंकका अनुसार २८ दिने ट्रेजरीको २ अर्ब रुपैयाँ र ९१ दिनका लागि १ अर्ब ४ करोड ५० लाख रुपैयाँ नवीकरण र ५ अर्ब रुपैयाँ नयाँ ट्रेजरी जारी हुनेछ। १८२ दिनका लागि भने बैंकले ७ अर्ब रुपैयाँ नयाँ ट्रेजरी बिक्री गर्नेछ।
इच्छुक खरिदकर्ता बैंक तथा वित्तीय संस्थाहरूले फागुन २१ गते दिउँसो ३ बजेभित्र ट्रेजरी खरिदका लागि अनलाईन आवेदन दिन सक्नेछन्। केन्द्रीय बैंकले यसअघि फागुन १५ गते १३ अर्ब ४ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गरेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |