

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार घटेको छ। आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३०.७७ अंकले घटेर १९३८.२५ विन्दुमा पुगेको छ।
यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८६ अङ्कले घटेर ३६८.७० मा पुगेको छ। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ३९ करोड २३ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी शीर्ष स्थानमा छ। यसको ८ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सुभम पावरको ५ करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। आइतबार सबै उपसुचकहरुको कारोबार रकम घटेको छ।
आजको कारोबारमा सुभम सिमेन्टको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, युनिक लघुवित्त, एनएमबि ५० र एनआइबिएल प्रगति फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |