

जिल्ला प्रहरी कार्यालय धादिङले होली पर्व सभ्य एवं सुरक्षित तवरले मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ ।
धादिङ प्रहरीले एक सन्देश जारी गर्दै होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ ।
कसैको इच्छा विपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहोर पानी प्रयोग नगर्न, महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, मादक पदार्थ तथा लागु पदार्थ सेवन गरी सवारीसाधन नचलाउन पनि आग्रह गरेको छ ।
त्यसैगरी अशक्त, महिला,बालबालिका, ज्येष्ठ नागरिक तथा पर्यटकलाई दुव्र्यवहार नर्गन, रेलिङ नभएको छत तथा सडकमा होली नखेल्न, भीडभाड हुने स्थानमा पकेटमारी लुटपाट जस्ता घटनाहरु हुने सम्भावना भएकाले सावधान रहन पनि भनेको छ ।
साथै कुनै पनि आपराधिक गतिविधि हुन लागे वा भएको थाहा भए नेपाल प्रहरीको हटलाइन १०० मा खबर गर्न पनि प्रहरीले अनुरोध गरेको छ ।
प्रहरीले नियम विपरीत कार्य गर्ने व्यक्ति उपर कानुन बमोजिम सजाय तथा जरिवाना हुने समेत जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |