

धादिङ,२८ फागुन ।
नेत्रावती डवजोङ गाउँपालिकामा सामुदायिक मेलमिलाप सम्बन्धी ८ दिवसिय आधारभुत तालिम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना तथा परिवर्तन र दिगो विकासका लागि युवा सिन्धुलीको सहयोगमा ‘विवादको साटो मेलमिलापको बाटो’ भन्ने नारासहित नेत्रावती डवजोङ-३ स्थित सेमजोङमा २० गतेदेखी सुरु भएको ८ दिवसिय आधारभुत तालिम २७ गते शनिबार सम्पन्न भएको हो ।
समुदाय स्तरमा हुने विभिन्न विवादलाई मेलमिलापका माध्यमबाट समुदायमै मिलाउने उद्देश्यले मेलमिलाप सम्बन्धी आधारभुत तालिम सञ्चालन गरिएको गाउँपालिकाकी उपाध्यक्ष सिता माया गुरुङले जानकारी दिनुभयो ।

तालिममा मेलमिलापको महत्व, मेलमिलापले सामाजिक द्धन्द व्यवस्थापनमा पुर्याउने सहयोग लगाएतका विषयमा सिकाइएको थियो । तालिममा २५ जनाको सहभागीता रहेको थियो । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको उपाध्यक्ष गुरुङले बताउनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गुरुङको अध्यक्षतामा भएको समापन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालको प्रमुख आतिथ्यता प्रमुख प्रशासकिय अधिकृत हरेराम शाहको बिशेष आतिथ्य रहेको थियो ।
कार्यक्रममा वडा नं १ का वडाध्यक्ष ठाकुर गुरुङ,वडा नं ३ का वडाध्यक्ष सुरेश गुरुङ लगाएतको आतिथ्यता रहेको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |