

साताको तेश्रो कारोबार दिन मंगलबार सेयर बजारमा सामान्य अंकले उकालो लागेको छ । मंगलबार सेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा आएर रोकिएको छ।
यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा भने ०.१७ अङ्कले घटेर ३६८.३२ मा पुगेको छ। सोमबार सेयर बजारमा २४.६८ अंकले घटेर १९५२.६६ विन्दुमा आएको थियो ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५५ कम्पनीको ३३ लाख १८ हजार १०८ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब १३ करोड ५९ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको एनआइसि एसिया शीर्ष स्थानमा छ। यसको १० करोड ४८ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै नविल बैंकको ३ करोड ४४ लाखभन्दा बढीको कारोबार भएको छ।
मंगलबार १३ उपसुचकहरुका मध्ये ५ कम्पनीमा ओरालो लागेको छ भने बाँकी सबै कम्पनीमा उकालो लागेको छ।
आजको कारोबारमा युनिक नेपाल लघुवित्तको १० प्रतिशतले सेयर मूल्य बढेको छ। यस कम्पनीको लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, सुभम पावरको र सुपरमादी हाइड्रोपावरको करिब १० प्रतिशतले वृद्धि भएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |